Saturday, October 8, 2016

"तिमी -२ "


अत्ति सुन्दर रुप तिम्रो
लजाई लुक्यो फुल पनि
सुर्यले त बाटै बिराए
दिउसै निस्कियो जुन पनि
मोहनी त्यो रुपमा रै'छ
टोलाई रहे ताराहरु
सुन्छु चर्चा परिचर्चा तिम्रै छ रे
स्वोर्ग लोकमा पनि
रुवाबासी चल्दै छ रे
अप्सराहरु माझ पनि
गुलाब पनि डराई'रा छ
गुनगान तिम्रो सुने पछि
रंगिन डाफे लुक्छु भन्छे
तिमी सामु पर्यौ भने!
रंगिन डाफे लुक्छु भन्छे
तिमी सामु पर्यौ भने !!

Thursday, August 11, 2016

गोरेटो फेरिएछ सँगै सँगै खनेको लम्बिए ति गल्लिहरु हात समाई हिडेको घुम्तीहरु भेटे पछि साथ अनि टुटे पछि बाध्यताको खाल्डोमा रथ को पैया फसे पछि पागल मलाई बनाई दिल तोडी गए पछि माया को त्यो ल़त बसाई चट्ट छोडी गए पछि यादहरुको संसार मै तिम्ले खुसि रोजे पछि आफु रमेयौ एक्लो पनमा बाध्य मलाई पारे पछि बाध्य मलाई पारे पछि !!

Friday, August 5, 2016

पहिलो दिन

4th December, 2015
   बिहान लगभग त्येस्तै १० बजे तिर उठियो! हुन त बिहान ६ बजे नै उठेको तर दादा कलेज जानु भयो, अनि फेरी सुतेl आफुलाई  फेरी सुत्न पाए पछि अरु केहि न चाहिने झन्  खाना खाने गरि आउने भएभने फोन गर्छु भन्नु भा थियो त्येसैले पनि झन् ढुक्क भएर सुते ।
आज अरु भन्दा अलिक खास दिन थियो मेरो । मन उत्साहित थियो,उत्साहित किन न होस् र?लगभग डेढ वर्ष पछि कलेज जादै थिए म फेरी, ब्याचलर जोइन गरेको दिन अनि त्येस माथि कलेजको पहिलो दिन, "ओरियेनटेसन क्लास" थियो ।
१० बजे तिर उठेर खाना बनाए  अनि खाना खाएर लगभग १२ बजे तिर निस्के रूम बाट कलेज जान भनेर। नाका बन्दिको समय गाडी पाउने टुंगो हुदैन भनेर अलिक छिटै निस्केको थिए तर संयोग भानुम या लक् रूम बाट बाहिर निस्किना साथ गाडी टुप्लुक्क आइपुग्यो, अनि त के भो र ट्याम भन्दा १ घण्टा अगाडी नै पुगियो कलेज । २०/२५ मिनट बानेश्वोरमा बसेर जादा नि जम्मा १.१५ भा थियो। सुरुमा त  छिरिन कलेज भित्रै ! येसो बाहिर बाट हेरेको, देखिन कोही नया बिद्यार्थी जस्तो त्येसैले । त्येसपछी संगम चोकको एक राउण्ड लगाए,नया ठाउँ नि चिनिने ट्याम पास  पनि हुने सोचेर।
 एक चक्कर लगाएर फेरी कलेज नै आइपुगे । त्येसपछी चै छिरे कलेज भित्र, अब त कोही आयो कि भनेर। भित्र पस्न साथ गार्ड दाई संग भेट भयो नया रहेछन।  इन्ट्रान्समा  आउदा अर्कै दाई थिए मज्जा ले कुरा भा थियो उनि संग खोटांग घर भन्थे , बडो मज्जाका थिए बुडा । यी नया दाईसंग नि चिनजान गरियो अनि  एकैछिन गुफ्फ़ हानियो । खोटांगकै रहेछन यी दाई पनि । "पहिला को दाई खै?" भन्दा १५/१५ दिनमा  सिफ्ट चेन्ज हुन्छ भन्थे । "कोही नया बिद्यार्थी आए दाई?" भनेर सोध्दा छैन त भाई भन्ने जवाफ पाइयो। एकै छिन् दाई संगै कुरा गरे । नजिकै लास्ट यिअर का  दाईदिदीहरु थिए  सर लाई के के सोधिरहेका थिए । "हस्पिटल सकियो अब रिपोर्ट बुजाउन मात्रै बाकी छ" भन्या सुन्निरा थियो कसैले । झट्ट हेर्दा भर्खर कलेज जोइन गरेको जस्तो देखिन्थे कोइ कोइ त तर गार्ड दाई ले लास्ट यिअर भनेर भन्दै हुनुन्थ्यो ।
यतिकैमा एउटी काली काली मैया भित्र पसिन गेट बाट, अलमल्ल परिन एकछिन सायद के गर्ने के गर्ने भयो होला , नया रैछिन भनेर छुट्याउन खासै  गार्हो भएन मलाई । गार्ड दाई ले सोध्या बेला थाहा पाए घर चाबेल तिर अनि  B.Pharm नै पढ्ने कुरा पनि  थाहा भयो । यसो मोबाइल तिर आखा लगाको बल्ल १.४० भा रहेछ । अल्छि लाग्यो निस्के बाहिर, अलिक पर गएर एउटा चिया पसलमा पसे र चिया अडर गरेर बसी'रा थिए एउटा आयो सेतो सर्ट लगाको थियो लगभग मेरै  उमेरको , उसले नि चिया मगायो सरसार आयो  म बसेकै टेबलमा बस्यो। टक्क गोजी बाट मोबयल निकाल्यो  चलाउन थाल्यो। हुन त म पनि त्येस्तै गरि'रा थे।कता कता मेरै क्लास को पो हो कि जस्तो लाग्यो त्येही नि बोलिन म, चिया पसल हो जो नि हुन सक्छ नि जस्तो लाग्यो ।चिया खाएर उ पहिला हिड्यो एकछिन पछि म पनि निस्किए।
कलेज को गेट बाट भित्र मात्र के पसेको ३०/३५ जना बिद्यार्थी आएका रहेछन एक राउण्ड आखा घुमाए,केटा त म एक्लै परेछु । कन्या कयाम्पस पो जोइन गरियो कि जस्तो नि लाग्यो । अगाडी हेरेको क्यान्टिन रहेछ,  क्यान्टिन तिरै जान पर्यो भनेर हिनेको त्येही  अगिको चिया खाने सेतो शर्ट वाला केटा उभि'रा रहेछ ।खुसि लाग्यो अर्को पनि केटा त रहेछ भनेर, एकछिन हास पनि उठ्यो अनि उसलाई बोलाए उ पनि हास्यो । परिचय गरियो,फार्मेसी नै पढ्ने रहेछन ।
                                                                                                                   To be continued...............

Friday, July 15, 2016

कथा बसमा फोटोकपी देखाउदै माग्ने भाईको


निर्दोस ती नयनहरुको
एकोहोरो हेराई
अबोध त्यो बालकको
ती नजरहरु
प्रस्ट केहि आश गरिरहेछन
अनि केहि पाउने आशमा
फिजी रहेछन ती कोमल हातहरु
बेइमानी रहेछन ती नजरहरु
बल्यापनमा रमौनी बेला
जिंदगी देखाउदै छन् उसलाई
अनि अभागी ती हातहरु
कपी कलम च्यापने   बेला
पैसा च्यापन सिकाउदै छन् उसलाई
न त आफ्नो रहर ले आयो
न त उसले घर पायो
न त उसले थर पायो
तर धन्य छ यो दुनिया
खाते भनि नाम पायो 

Sunday, July 3, 2016

exam हलकी उनी

खाली खाली जस्तो भा'छ
उनलाई देखे पछी
मुटु लुटियो जस्तो ला'छ
उनलाई भेटे पछी

प्रश्न हेर्छु उनकै चित्र देख्छु
उनलाई भेटे पछी
दिमाग लुटियो जस्तो ला'छ
उनलाई देखे  पछी

एउटा सोच्छु अर्को लेख्छु
उनलाई देखे पछी
वसमा छैन मन यो आज
उनलाई भेटे पछी

तन नि लुटियो मन नि लुटियो
उनलाई देखे पछी
थाहा छैन खै के भयो
उनलाई भेटे पछी

प्रश्न के थ्यो थाहा पाइन
उनलाई देखे पछी
उत्तर पुस्तिका आफै भरियो
उनलाई भेटे पछी !
उत्तर पुस्तिका आफै भरियो
उनलाई भेटे पछी !!

Wednesday, May 4, 2016

अप्सरा झैँ रुप उनको,
स्वर्ग लोक कै  परी हुन् कि?
एक नजर मै लट्ठ परे ,
सुन्दरता कि रानी हुन् कि ?
कोमल कन्चन मन रैछ,
चोखो प्रेम कि खानी हुन् कि ?
सपनीमा सधै आउछिन,
मेरै दिलकी रानी  हुन्  कि?
मेरै दिलकी रानी हुन् कि ?

Tuesday, May 3, 2016

जिन्दगी

               
सफलताको पहिलो पाइला तिम्ले चाल्दा,
रुनेहरुको लाम लाग्छ
बाटो तिम्रो खोक्रो पार्न,
धमिरा को चाङ्ग  लाग्छ

रिस डाहा अनि इर्ष्य संगै,
कति पापी आत्मा जल्छ
पहिलो कदम मै तिम्लाई ढाल्न,
सड्यन्त्रको जाल बन्छ

साथ् दिनेहरु पराइ बन्छन,
न आतिनु तिमी, सामान्य हो
राम्रो देख्दा लोभ लाग्छ,
मानव स्वभाव यस्तै त हो
बरु,
रुने हरुलाई साथ्  लैजाऊ,
गुलाब ले नि काडा पाल्छ
कमल ले नि आफु फुल्न,
हिलो माटो रोजने गर्छ


Saturday, January 23, 2016

सुरु-सुरुमा :D

हामी संगै हुदा उनलाई,
राम्रो लाउछ रे
ख्याल ठट्टा मात्रै हैन,
मैले गाली गर्दा नि उनलाई
मज्जा आउछ रे
काली काली एउटी  भन्छिन
एकान्तमा नि मेरै याद आउने
बानी भा'छ रे
दिलमा राख्य छिन् रे उनले
माया लाउछ रे
आफु एक्लै हुदा मेरै
याद आउछ रे
हामी संगै हुदा उनलाई 
राम्रो लाउछ रे  :) :) 

Thursday, January 21, 2016

लुकी लुकी माया गर्नेको 

जात  बेग्लै हुन्छ

जानी जानी सताउनेको 

मात बेग्लै हुन्छ 

रिसउठाएर फकाउनेको 

साथ बेग्लै हुन्छ 

थाहै न पाई फसाउनेको 

बात बेग्लै हुन्छ   :D :D 

Wednesday, January 20, 2016

पानी र नानी

सधैँ आउछ तिम्रो याद
आफु रुझ्या बेला
पानीका यी थोपा हर्ले
धर्ती रोज्या बेला

तिमी जस्तै अरु कोही
ज्ञानी देख्या बेला
सहयोग गर्दै गरेकी कोही
दानी देख्या बेला

हसिलो त्यो तिम्रो मुहार
आखामा नाच्ने गर्छ
अतितका ति पलहरुले
आशु रोज्या बेला

तिमी जस्तै चन्चले कोही
नानी देख्या बेला
पागल भन्दै प्याट्ट पिट्ने
बानी देख्या बेला !!
पागल भन्दै प्याट्ट पिट्ने
बानी देख्या बेला !!!

Saturday, January 16, 2016

तिमी

फुर्सदमा बनाएकी, 
एउटी सुन्दर फुल हौ तिमी
  जानी जानी गरिएकी ,
  एउटी मिठो भुल हौ तिमी
काली भन्दा लजाउने, 
  लाजावती झार हौ तिमी
   थाहै न पाई दिल चोर्ने,
   एउटी कुसल चोर हौ तिमी 
 ख्याल ठट्टा मै खेल जित्ने,
  सार्है चलाख खेलाडी हौ तिमी
   मुसुक्क हासी घायेल पार्ने, 
  निकै घातक औजार हौ तिमी 
  धुजा धुजा मुटु सिउने, 
  कुसल सूचीकर हौ तिमी
   मुख बिगारी मन चोर्ने,
   कुसल कलाकार हौ तिमी 
जानी जानी गरिएकी , 
  एउटी मिठो भुल हौ तिमी
   फुर्सदमा बनाएकी,
  एउटी सुन्दर फुल हौ तिमी
   

Monday, January 4, 2016

फुच्ची


चोइटिएको मुटुमा नी,
मुना पलाए जस्तो भा'छ
हराएका रहरहरु,
फेरी प्यारो हुदै गा'छ
पहिलो भेट कै मुक्का ले यो,
मुटु हेर घायेल भा'छ
काली काली  तिमीले,
जादु चलाए जस्तो ला'छ

चंचले तिम्रो बच्पना त्यो,
निंद मेरो हराम भा'छ
नसालु त्यो तिम्रो नजरले  हेर,
मुटु चोरी फरार भा'छ
ज्यान मार्ने मुस्कान तिम्रो,
तिम्लाई,
  मुद्धा हालमजस्तो भा'छ
काली काली फुच्ची तिम्ले,
जादु चलाए जस्तो ला'छ
जादु चलाए जस्तो ला'छ ll  

                                                9th dec,2015 

नयाँ