आज काम बिशेषले बानेश्वर थिएँ। साँझ ७ बजेको थियो।
दृश्य १
ढोकामा झुन्डिन मानिसहरुको भागडौड!
रत्नपार्क तिरबाट ५/६ मिनेटको अन्तरमा एउटा गाडी आउँथ्यो, बस ढोकासम्मै कोचाकोच भरिएको हुन्थ्यो। तैपनि बलहुनेहरु कुदिरहेका हुन्थे को महिला को पुरुष ! सबैको एउटै लक्ष्य "त्यही कोचाकोच भरिएको बसमा खुट्टा सम्म राख्न पाईन्छ कि?" ज्यानको माया मारेर घर पुग्नु पर्ने बाध्यता! कुद्न पनि किन नकुद्नु, बानेश्वरमा बस कुर्नेहरुको मेला नै लागी सकेको थियो। सबैको मनमा एउटै पिर, दिमागमा एउटामात्र सोच "घर कसरी पुग्ने?"
दृश्य २
बिचल्ली परेकी युवती
म उभिए नजिकै एक युबती र एकजना युवा थिए कलेज ड्रेसमा, युवती फोनमा कराइ रहेकी थिइन्, " मम्मी, उसको घरमा बाबा मामु दिदि सबै बस्नु हुन्छ के, एक्लै बस्ने हैन! घर नै हो रूम हैन! बस नै छैन कसरी आउँ घर! पिलिज, बुझिसिओ न! " सायद घरबाट हुन्छ भन्ने कुरा आयो! उनि त्येही युवक सँग गइन!
दृश्य ३
अत्तालिएका टिनेजर
मेरो नजिकै ८ जना टिनेजरहरु थिए। ४ केटा,४ केटि । उनिहरुको ड्रेसअप झट्ट हेर्दा कतै घुम्न घएर फर्किएका जस्तो देखिन्थ्यो। तर ७ बजे भै सक्दा पनि गाडी नपाउनुको चिन्ता उनीहरुको मुहारमा प्रस्ट देखिन्थ्यो। बारम्बार मोबाईलमा समय हेरेको हेरै गर्दै थिए। केटाहरु जसरी हुन्छ केटिहरुलाइ गाडीमा चडाउन भर सम्भब कोशिसमा थिए। एक अर्थमा उनिहरुको दिनभरको रमाइलो अहिले तनावमा परिवर्तन भएको थियो।
दृश्य ४
गाडी चड्न अनेकौं तिकड्म अपनाउनु पर्ने बध्यता!

म भन्दा अलिक पर रहेका दुइवटी युवतीहरु गाडी चड्न दिमाग् खियाउदै थिए। उनिहरु बिच बहस नै चल्यो! एउटी भन्ने "कोटेश्वर सम्म जाँउ हिन्दै त्यहाँ बाट पाइन्छ होला गाडी!" अर्कि चाँही भन्ने "हैन, माइती घर तर्फ जाँउ त्यहाँ अलिक खाली होला गाडी खुट्टा ढोकामा त राख्न पाइएला नि!" एकछिन विवाद गरेपछि उनिहरु माइतीघर तर्फ जाने निधो गरे अनि त्यस् तर्फ लागे।
दृश्य ५
महिला हुनाकै कारण डर
बल्लतल्ल गाडी पाएपछि ८:१५ तिर बस बाट झरे। म भन्दा अगाडी अन्दाजी २२/२३ बर्षकी एक युवती बसबाट झरेकी थिइन्। संयोगले एकै तिर जानु पर्ने रहेछ। केहि पाइला अगाडी गोदावरी खोलाको पुल थियो, रात परिसकेकाले पुल अध्यारो थियो। पुलको मुखैमा दुई जना पुलिस दाइहरु थिए, अनि उनको पछाडी पछाडी म! उन्ले के सोचिन, एक्कसी दौडेर पुल पार गरिन! डर अध्यारोको थियो या पुरुषको मैले बुझ्न् सकिन। तर मनमा नरमाइलो लाग्यो। कति असुरक्षित महशुस गर्ने रहेछन् हाम्रा नारीहरु!
माथी उल्लेखित मैले देखेका घट्नाहरु त उदाहरण मात्र हुन सरकार र सरोकारवाला निकायको सामान्य कमजोरीले जनताको दैनिकीमा कसरी र कस्तो प्रभव पार्छ। आजको कारण तेलको पर्याप्त आपूर्ति नभएर थियो या राम्रोसँग ब्यबस्थापन गर्न नसकेर थियो! बहाना जे सुकै होस, परिणाम सधैं झै एउटौ थियो, जनताले दुख पाए। हुन त कम्जोरी हामी जनताकै हो! हामी धेरै सहनशील भयौं। जे जस्तो भए पनि सहने। दुख परे पनि चुप बस्ने। बसमा भेडा बाख्रा झैं कोचिदा पनि चुप चाप "यस्तै हो के गर्ने जानै पर्यो" भन्दै बस्ने। न जनता बल्छन न सरोकार वाला निकायले आफैँ कुरा बुझ्छ! कर तिर्नु जनताको दाइत्व हो भने कर तिरेपछी उचित सेवा सुबिधा पाउनु हामी जनताको अधिकारको! जनताका अधिकारको उचित सुरक्षा गर्नु सरकारको कर्तव्य हो। यदि सामन्य दैनिकी सामान्य तरिकाले बिताउने बाताबरण तयार गर्न सक्दैन, ढुक्क भएर हिड्न सक्ने बातावरण पाउदैनन्, भने जन्ता बोल्नु पर्छ! अब अझौ कत्ती सहने? सहनशिलता धेरै भएन र अब त? सोचौं !
नरेश बाँस्कोटा
No comments:
Post a Comment