Saturday, January 16, 2016

तिमी

फुर्सदमा बनाएकी, 
एउटी सुन्दर फुल हौ तिमी
  जानी जानी गरिएकी ,
  एउटी मिठो भुल हौ तिमी
काली भन्दा लजाउने, 
  लाजावती झार हौ तिमी
   थाहै न पाई दिल चोर्ने,
   एउटी कुसल चोर हौ तिमी 
 ख्याल ठट्टा मै खेल जित्ने,
  सार्है चलाख खेलाडी हौ तिमी
   मुसुक्क हासी घायेल पार्ने, 
  निकै घातक औजार हौ तिमी 
  धुजा धुजा मुटु सिउने, 
  कुसल सूचीकर हौ तिमी
   मुख बिगारी मन चोर्ने,
   कुसल कलाकार हौ तिमी 
जानी जानी गरिएकी , 
  एउटी मिठो भुल हौ तिमी
   फुर्सदमा बनाएकी,
  एउटी सुन्दर फुल हौ तिमी
   

No comments:

Post a Comment

नयाँ