Wednesday, January 20, 2016

पानी र नानी

सधैँ आउछ तिम्रो याद
आफु रुझ्या बेला
पानीका यी थोपा हर्ले
धर्ती रोज्या बेला

तिमी जस्तै अरु कोही
ज्ञानी देख्या बेला
सहयोग गर्दै गरेकी कोही
दानी देख्या बेला

हसिलो त्यो तिम्रो मुहार
आखामा नाच्ने गर्छ
अतितका ति पलहरुले
आशु रोज्या बेला

तिमी जस्तै चन्चले कोही
नानी देख्या बेला
पागल भन्दै प्याट्ट पिट्ने
बानी देख्या बेला !!
पागल भन्दै प्याट्ट पिट्ने
बानी देख्या बेला !!!

No comments:

Post a Comment

नयाँ