चोइटिएको मुटुमा नी,
मुना पलाए जस्तो भा'छ
हराएका रहरहरु,
फेरी प्यारो हुदै गा'छ
पहिलो भेट कै मुक्का ले यो,
मुटु हेर घायेल भा'छ
काली काली तिमीले,
जादु चलाए जस्तो ला'छ
चंचले तिम्रो बच्पना त्यो,
निंद मेरो हराम भा'छ
नसालु त्यो तिम्रो नजरले हेर,
मुटु चोरी फरार भा'छ
ज्यान मार्ने मुस्कान तिम्रो,
तिम्लाई,
मुद्धा हालमजस्तो भा'छ
काली काली फुच्ची तिम्ले,
जादु चलाए जस्तो ला'छ
जादु चलाए जस्तो ला'छ ll
9th dec,2015
No comments:
Post a Comment