सफलताको पहिलो पाइला तिम्ले चाल्दा,
रुनेहरुको लाम लाग्छ
बाटो तिम्रो खोक्रो पार्न,
धमिरा को चाङ्ग लाग्छ
रिस डाहा अनि इर्ष्य संगै,
कति पापी आत्मा जल्छ
पहिलो कदम मै तिम्लाई ढाल्न,
सड्यन्त्रको जाल बन्छ
साथ् दिनेहरु पराइ बन्छन,
न आतिनु तिमी, सामान्य हो
राम्रो देख्दा लोभ लाग्छ,
मानव स्वभाव यस्तै त हो
बरु,
रुने हरुलाई साथ् लैजाऊ,
गुलाब ले नि काडा पाल्छ
कमल ले नि आफु फुल्न,
हिलो माटो रोजने गर्छ
No comments:
Post a Comment