Friday, August 5, 2016

पहिलो दिन

4th December, 2015
   बिहान लगभग त्येस्तै १० बजे तिर उठियो! हुन त बिहान ६ बजे नै उठेको तर दादा कलेज जानु भयो, अनि फेरी सुतेl आफुलाई  फेरी सुत्न पाए पछि अरु केहि न चाहिने झन्  खाना खाने गरि आउने भएभने फोन गर्छु भन्नु भा थियो त्येसैले पनि झन् ढुक्क भएर सुते ।
आज अरु भन्दा अलिक खास दिन थियो मेरो । मन उत्साहित थियो,उत्साहित किन न होस् र?लगभग डेढ वर्ष पछि कलेज जादै थिए म फेरी, ब्याचलर जोइन गरेको दिन अनि त्येस माथि कलेजको पहिलो दिन, "ओरियेनटेसन क्लास" थियो ।
१० बजे तिर उठेर खाना बनाए  अनि खाना खाएर लगभग १२ बजे तिर निस्के रूम बाट कलेज जान भनेर। नाका बन्दिको समय गाडी पाउने टुंगो हुदैन भनेर अलिक छिटै निस्केको थिए तर संयोग भानुम या लक् रूम बाट बाहिर निस्किना साथ गाडी टुप्लुक्क आइपुग्यो, अनि त के भो र ट्याम भन्दा १ घण्टा अगाडी नै पुगियो कलेज । २०/२५ मिनट बानेश्वोरमा बसेर जादा नि जम्मा १.१५ भा थियो। सुरुमा त  छिरिन कलेज भित्रै ! येसो बाहिर बाट हेरेको, देखिन कोही नया बिद्यार्थी जस्तो त्येसैले । त्येसपछी संगम चोकको एक राउण्ड लगाए,नया ठाउँ नि चिनिने ट्याम पास  पनि हुने सोचेर।
 एक चक्कर लगाएर फेरी कलेज नै आइपुगे । त्येसपछी चै छिरे कलेज भित्र, अब त कोही आयो कि भनेर। भित्र पस्न साथ गार्ड दाई संग भेट भयो नया रहेछन।  इन्ट्रान्समा  आउदा अर्कै दाई थिए मज्जा ले कुरा भा थियो उनि संग खोटांग घर भन्थे , बडो मज्जाका थिए बुडा । यी नया दाईसंग नि चिनजान गरियो अनि  एकैछिन गुफ्फ़ हानियो । खोटांगकै रहेछन यी दाई पनि । "पहिला को दाई खै?" भन्दा १५/१५ दिनमा  सिफ्ट चेन्ज हुन्छ भन्थे । "कोही नया बिद्यार्थी आए दाई?" भनेर सोध्दा छैन त भाई भन्ने जवाफ पाइयो। एकै छिन् दाई संगै कुरा गरे । नजिकै लास्ट यिअर का  दाईदिदीहरु थिए  सर लाई के के सोधिरहेका थिए । "हस्पिटल सकियो अब रिपोर्ट बुजाउन मात्रै बाकी छ" भन्या सुन्निरा थियो कसैले । झट्ट हेर्दा भर्खर कलेज जोइन गरेको जस्तो देखिन्थे कोइ कोइ त तर गार्ड दाई ले लास्ट यिअर भनेर भन्दै हुनुन्थ्यो ।
यतिकैमा एउटी काली काली मैया भित्र पसिन गेट बाट, अलमल्ल परिन एकछिन सायद के गर्ने के गर्ने भयो होला , नया रैछिन भनेर छुट्याउन खासै  गार्हो भएन मलाई । गार्ड दाई ले सोध्या बेला थाहा पाए घर चाबेल तिर अनि  B.Pharm नै पढ्ने कुरा पनि  थाहा भयो । यसो मोबाइल तिर आखा लगाको बल्ल १.४० भा रहेछ । अल्छि लाग्यो निस्के बाहिर, अलिक पर गएर एउटा चिया पसलमा पसे र चिया अडर गरेर बसी'रा थिए एउटा आयो सेतो सर्ट लगाको थियो लगभग मेरै  उमेरको , उसले नि चिया मगायो सरसार आयो  म बसेकै टेबलमा बस्यो। टक्क गोजी बाट मोबयल निकाल्यो  चलाउन थाल्यो। हुन त म पनि त्येस्तै गरि'रा थे।कता कता मेरै क्लास को पो हो कि जस्तो लाग्यो त्येही नि बोलिन म, चिया पसल हो जो नि हुन सक्छ नि जस्तो लाग्यो ।चिया खाएर उ पहिला हिड्यो एकछिन पछि म पनि निस्किए।
कलेज को गेट बाट भित्र मात्र के पसेको ३०/३५ जना बिद्यार्थी आएका रहेछन एक राउण्ड आखा घुमाए,केटा त म एक्लै परेछु । कन्या कयाम्पस पो जोइन गरियो कि जस्तो नि लाग्यो । अगाडी हेरेको क्यान्टिन रहेछ,  क्यान्टिन तिरै जान पर्यो भनेर हिनेको त्येही  अगिको चिया खाने सेतो शर्ट वाला केटा उभि'रा रहेछ ।खुसि लाग्यो अर्को पनि केटा त रहेछ भनेर, एकछिन हास पनि उठ्यो अनि उसलाई बोलाए उ पनि हास्यो । परिचय गरियो,फार्मेसी नै पढ्ने रहेछन ।
                                                                                                                   To be continued...............

No comments:

Post a Comment

नयाँ