Saturday, December 23, 2017

"फेसबूकको च्याट"

मानसी, तिम्रो नाम को एउटा कोन्फेस्सन देखे ,अनि सधै झै कमेन्ट पढ्ने बानी मोर कमेन्ट्मा क्लिक गरे! मानसी  भट्टराइ भनेर नाम देखे, हुन त मैले यसरी कहिले नि कुनै केटी को प्रोफाइल खोलेर हेर्ने गरेको थिइन तर तिम्रो प्रोफाइल अनायसै क्लिक गरे ! साडी लगएकी हिस्सी परेकी तिमी  ब्ल्याक न वाईट प्रोफाइल पिक्चर सजाएकी  रहेछौ! तिम्रो पब्लिक पोस्टहरु हेरे बीलिभ मि दे आर इम्प्रेसइभ त्यसैले एक पटक कुरा गर्न मन लाग्यो र यो मेसेज टाईप गरे । लाईन हान्यो भनेर न बुजिदेउ है अनि पहिलो पटक नै तिमी भनेर सम्बोधन गर्‍यो भनेर रिसानी भए माफी पाउ!
८:२० पि एम मा च्याट बक्स मा "मानसी अस्सेप्टेड योअर मेसेज रिकुइस्ट" भनेर नोटिफिकेसोन आयो
एकै छिन पछी इन्बोक्स रङियो रातो रङ ले हतार हतार गरेर इन्बोक्स्मा क्लिक गरे
उन्को रेप्लाई रहेछ
"हुन्छ 😊
धन्यवाद "
रेप्लाई देखना साथ ओठ्मा मन्द मुस्कन छायो अनि मख पर्दै रेप्लाई गरे
"ओ हो यु रिप्लाईड   । । ।
थ्यान्क्स 🙂 "
तर कस्तो सन्जोग हेर न,ठ्याकै खाना खाने बेला भा'छ मेरो
उन्ले झाट्टै रिप्लाई  गरिन्, "हुन्छ खानुस न "
मैले छिटो छिटो गरेर खाना खाए ! हतारिदै खादा अड्किएर कस्तो गार्हो भा झान्डै सहिद भा को
अनी उन्लाई मेसेज  गरे
"खाए, तिमी ले खायौ त ?"
उन्ले  कती ढिला न गरी रिप्लाई  गरिन  "अह खको 😊"
मैले जिस्किदै उन्लाई सोधे के तिम्रो प्रोफाइल हेर्ने अनुमती पाउछु ?
उन्को प्रोफाइल खोले, कबर फोटोमा आँखा रखेकी रहेछिन
अनी झ्ट्टै  सोधी हले " आँखा असाध्यै मन पर्छ हो ? "
उन्ले  "कस्को ?" भनिन
मैले नि  जिस्किने मौक पाए ।  अनि मौकको फाइदा उठाउँदै " कभर फोटोको 😄"  लेखे
"कस्को हो जस्को हो त्यस्कै"  थपे
उन्ले बल्ल कुरो बुजिन सयाद्! "मन पर्छ " भनेर उत्तर लेखिन
समय न गुमाइ मैले अझै थपे
बर्णन गर्न जानिन तर अहिले मेसेज पढ्ने नजर ति नै हुन त ?
"कुनै शखा ?" -उन्ले लेखिन
कता कता टक्कर दिन लागिन जस्तो फिल भयो ," स्त्री नजर हुन, भर पर्न सकिन्न !
फेरी अशाध्यै राम्रा पनि छन "  लेखे
ठैट ! के लेख्या होला फेरी रिसाउछिन कि जस्तो पनि लाग्यो !
झाट्ट करेक्सन गरे त्यो पनि मक्ख पर्ने फोर्मुला लगाएर! कतै सुन्या थिए नारी हरु आफ्नो प्रसान्शा धेरै मन पराउछन भनेर तेसैले लेखे
"गाजलु आफु कालो भएता पनि कती सुन्दर सजाउन सक्ने ति नजरहरु लाई"
उन्ले मक्खा पर्दै उत्तर लेखिन्
"जे सोच्यो तै हुन्छ 😊"
मैले अझ ठट्टा गर्दै लेखे - "उसो भए, के म मेसेज पढ्ने नजर ति नै हुन भनेर ढुक्क होउम त ?"
-" हुन सक्नु हुन्छ" उन्ले लेखिन
उन्को प्रोफाइलमा नजर डुलाउदै थिए खुलेको हासो अनि त्यो रातो साडी मा नजर टक्क रोकियो ! अनि सोधी हाले  "सारी लगाउँन आफै जनेको ?"
उन्ले "अ हो" मात्र भनिन
"कि मामु को मेहेनत ? हुन त मुहारको चमक हेर्दा आफैले निकै मेहेनत पछीको सफलता जस्तो छ " - मैले रेला गरे
उन्को त्यही दुइ शब्दको उत्तर आयो "आफै सिकेको "
'रहर लग्न थाल्या त हैन नी ?
सादी र साडी को गज्जब को मेल हुन्छ भन्छन  😀"  म अझै जिस्किए
धेरै बेर कुरे त्यस पछी उन्को रेप्लाई नै आएन साएद उन्को नि मोबाईलको ब्याट्री ले धोका दियो होला मेरो झै! चाहए कारण जे सुकै होस हाम्रो कुरो अधुरो नै रहयो । अब भोलिको परखाइ छ !!

Thursday, November 30, 2017

बिर्सिएको म

कौडिको भाउमा
बेचिएको म 
त्यसैले होला
बिर्सिएको छ मेरो देशले मलाई
म त दुहुनो गाई झै
दुध दिई रहेको छु
रगत को पसिना बगाएर
राष्ट्र धानी राखेको छु
तर पनि बिर्सिएको छ मेरो देशले मलाई
यदी फलाम का डण्डी उचाल्दा उचाल्दै
किचिएर मरे भने पनि
खोज्दैन मलाई
मलाई बन्द गर्ने एउटा बाकस पनि पाउदिन म
किनकी बिर्सिएको छ मेरो देशले मलाई
कौडीको भाउमा बिके
सायद मोल कम भो होला
त्यसैले गुलम झै व्यबहार गर्छ
मेरो देश ले मलाई
अरु कुरा त पर जाओस
अरु कुरा त पर जाओस
मेरै पैसाले चुनाब गरीरहेका छन्
अनी म टुलु टुलु हेरी रहेको छु
हो, म टुलु टुलु हेरी रहेको छु
भोट हल्ने रहर नभएर हैन,
म बाध्य छु
किनकी
किनकी बिर्सिएको छ मेरो देशले मलाई !!

Thursday, September 7, 2017

Antibiotic Resistance an Alarming Situation!!!

 By: Naresh Banskota

Got a seasonal cough, we go to a pharmacy and ask for Azithromycin! Got a minor fever, cold or even headache, antibiotics have become the first choice medicine in Nepal. We take one or two pills and as soon as the symptom decreases we stop taking pills. No one cares about the dose, or for what purpose antibiotics are used, neither the pharmacist nor the patient.
“Taking Antibiotics has become like eating a chocolate in Nepal. Just go to a pharmacy,pay Rs.10/15, shopkeeper gives you a pill and then you take it.” I am using a word shopkeeper instead of pharmacist because they really don’t care if it is over the counter medicine or the prescriptive! Most of them even don’t feel it necessary to tell about right dose to the patient. Shopkeeper gets his profit and patient; his medicine. Both the parties are pleased why would they care about the consequences- the antibiotic resistance.
Out of thousands of pharmacies in Nepal, only few hundreds are currently run by pharmacists or assistant pharmacists. Remaining are run by “aushadi byabasahi”. This means the majority of our pharmacies are in the hands of someone who is completely profit oriented and knows very little (only names and some uses) of some medicines. Antibiotics are expensive and offer greater profit margin. So, why wouldn’t the shopkeeper sell that medicine to anyone who comes asking for it? Why would he bother asking for prescription or telling about the consequences? Similarly, companies offer an attractive and mouthwatering commission to the doctors to prescribe antibiotics. The more you prescribe, higher is your commission. Therefore, even higher dose antibiotics and also the reserved group antibiotics are found being randomly prescribed. Use of antibiotics has become similar to using sugar in the tea! We can see at least an antibiotic in every single prescription today. As a result, all the antibiotics that we currently have are already exposed and bacteria’s have developed resistance against most of them. Nosocomial Pneumonia has become very common .It is such a situation where a patient is infected by antibiotic resistance species of bacteria and he/she has to die because of this infection rather than the disease they originally had.

Thus, this random practicing, prescribing and selling of antibiotics has led us to a catastrophic antibiotic resistance situation. Today, we have reached in such a situation where if you go the hospital,the infection acquired in the hospital will kill you and if you don’t your disease will kill you.  A significant number of premature deaths occur every day in our hospitals due to conditions like hospital acquired pneumonia, lower respiratory infections, urinary tract infections caused by resistant bacteria. I am afraid, if any new epidemic strikes Nepal in a near future, the numbers of death may be in thousands. It is because those antibiotics which are protected as reserved antibiotics by the government are already being prescribed randomly and they may or might have gained resistance. If the present scenario continues, the day will come when people will start dying because of minor infections on cut and burn areas.

picture: www.hse.ie

Friday, August 18, 2017

एउटी


चुचो चुचो बनाउछे  ओठ अनि
त्येरस्यौछे मै तिर
एउटा आखा बन्द पारी !
खाना खायौ भन्ने मोरी
ज्युनार गर्नु भयो भन्छे अचेल
हुदा छदाको भाषा मोडी
अलि अलि लाडे बनाई !
मलाई लट्ठ बनाई
मिठो मिठो कुरा गर्छे
मस्का लगाई लगाई
नजरको तिर चलाई
निकै जाल झेल गर्छे अनि
फसाउन पो खोज्छे मलाई
माया प्रेमका कुरा गरि
 लट्ठ बनाई  बनाई !
माया प्रेमका कुरा गरि
 लट्ठ बनाई  बनाई !!

Thursday, June 29, 2017

अनार्थ

कलिलो बाल मस्तिक्ष्य त्यो
भाग्यले नि ठग्यो
प्रकृतिले देख्न सकेन तिम्रो खुसी
हिजो सम्म आमाको बाबु
अनि बुवाको नानी थियौ
एकाएक पर्यो बज्रपात त्यो
अनि चुडाइ लग्यो तिम्रो सारा खुसी
 धर्ती हल्लियो केवल १ मिनेट
अनि ढल्यो घर ,
अनि घर संगै ढले बाआमा !
१  मिनेटमै बाबु नानी बाट
तिमी अनार्थ भयौ
आमाको काखमा रम्ने तिमी
आमालाइ घुर्की लगाई
बुवा लाई दंग्याउने  तिमी
केवल १ मिनेटले त्यो
आज लुतो घाउ खटिरा जिउ भरी
अनि
हातमा एउटा स्टिलको थाल बोकी
 अनार्थलयमा पालो कुर्छौ
ससानो कुरामा तिम्रो खुसी देख्दा
माया अनि करुणाले
रसाए यी नयनहरु
यस्तो लग्यो ,
कलिला ति नजरहरुले पनि
प्रस्ट प्रश्न गरिरहेछन
"कति निठुर हुन्छस हे दैब ??" भनि
"कति निठुर हुन्छस हे दैब ??" भनि !

Thursday, June 22, 2017

पहिलो दिन continued

एकछिन गफ हान्ने साथी पाइयो, रोशन रे नाम ! एकछिन पछि अरु केटाहरु नि आए जम्मा गरेर त्यही ८/९  जना जति भैयोl एकछिन पछि गार्ड दाईलाई माथि बाट आदेश आयो सबै लाइ माथि पठाउनु l माथि जाँदा लाइबेरीमा एउटी दिदीले झोला दिदै हुनुहुन्थ्यो, नाम लेखे पछी झोला पाइयो  अनि झोला लिएर पछाडी गए  एउटा हल रहेछ, हल नि के भन्नु  एउटा कोठा थियो त्यसमै रहेछ ओरियनटेसन !

भित्र छिरे यसो हेरेको सबै कुर्सि त महिला आरक्षणमा गइसकेछ! अन्तिमको दुइओटा लाइन खाली थियो,त्येही गएर बसियो  अगाडी सरहरु भाषण गर्दै हुनुहुन्थ्यो एक घण्टा सुनियो भाषण !सुनियो नि के भन्नु र लाइन रहेन छ माइक्रोफोन रहेन छ खै के के भन्नु भयो केहि बुज्न सकिएन, चुपचाप बसियो! साइडको एउटा साथी मोबाइल झिकेर सेल्फी हान्न थाल्यो मैले नि दिए एक पोज  एक घण्टाको भाषण पछि सकियो ओरियनटेसन !

ओरियनटेसन सकियो अनि रूम तिर लागे, नाकाबन्दीको बेला रूम पुग्नु पनि युद्ध जित्नु पर्ने अवस्था थियो
बानेश्वोरमा  १ घण्टा कुरे पछि बल्ल एउटा बसमा चढ्न पाए  त्यो नि सिधै छत् मा ! राम्रो संग चढ्न नि नपाई गाडी हुइकायो झन्डै लडेर सहिद भा'को ! छत् नि पुरै प्याक, झट्ट हेर्दा पुरुष आरक्षण जस्तै लाग्छ भन्दै थियो
छेउमा बसेको भाई नोबेल कलेजमा ११ मा पढ्छु भन्थ्यो कोटेश्वोर सम्म त मज्जा ले नै बस्न पाइएको थियो तर  फेरी २०/२५ जना चढे ! बसमा खलासी पनि २ जना, एउटा तलको लागी एउटा माथिको लागी  तल बाट खलासी करायो दाई मान्छे अर्को साइड पट्टि राख्नु न यता  पत्ति छोयो गाडीले भन्दै त्येही पनि चढ्न छोडेनन् मान्छेहरु डरसरि बसियो छत् को डन्डी मज्जाले पकडेर !  

जसो तसो काडाघारी त आइपुगे तर बस अर्कै तिर जाने परेछ माइक्रो स्ट्यान्ड लगेर झारिदियो रूम कता हो कता अलमल्ल परे दादा लाई फोन गरे पछि बल्ल बाटो पत्ता लगाएर रूम पुगे !

Wednesday, May 31, 2017

यादहरु ति संगाली अब जिउन सिक्नु छ
भुल्छु कि कतै गरेका ति गल्तिहरु
सम्झना एउटा कृति लेख्नु छ
धेरै थिए मनमा कुरा सुनाउनु पर्ने तिमीलाइ
नबोल अब भनि आदेश फ़र्मयौ
मनका ति आवेगहरु अब शब्द बनाई पोख्नु छ
कति छिट्टै चट्ट भुलेछौ पुराना ति पलहरु
भुल्छौ कि कतै आफ्नै नाम पनि
सम्झनामा सिमित तिम्रो नाम अब
आवरणमा छाप्नु छ !
 त्यो नाम अनि तिम्रो तस्बिर 
आवरणमा छाप्नु छ !!

Saturday, May 27, 2017

चाहना !!

याद ले निकै सताउछ
त्यही नि तिम्रै यादमा
भुली रहन चाहन्छु
झझल्को आउनी
त्यही हसिलो मुहार
सधै हेरी रहन चाहन्छु
मनमा कुरा लुकेको धेरै भो
कसरी सुनाउ
तिम्रै आखाको नानी हुन चाहन्छु
कति एक्लै एक्लै बस्नु  प्रिये
अब त,
मिठो प्रित साटी तिमी संगै
अमर प्रेमको कहानी हुन चाहन्छु !!
❤❤❤❤

Wednesday, April 19, 2017

त्यो रातो रंग प्रिय छ आज
किन थाहा छ ?
जुन झैँ धपक्क जो सजाएको छ
सुन्दर तर पनि पनि निकै सरल
सरल तर पनि आकर्षक
झरी पछि खुलेको आकाश झैँ
बादल पारीको त्यो क्षितिज झैँ
त्येसैले प्रिय छ
त्यो रातो रंग आज
डर लाग्छ कहिले कसो
कतै चुइने पो हो कि
त्यो सुन्दर गाला छेडी
त्यो रातो रंग

Tuesday, April 18, 2017

Mystery of a dead spider


Do spiders have feelings? I killed one spider and left it as it is. After some time, I saw two other spiders around it. I killed both the spiders .and then threw them outside. After some time, I saw another spider revolving around the same spot where I killed the rest three. I killed it as well. And this time I decided to leave it as it is. One after another three other spiders arrived there. I killed all of them. I killed a total of seven spiders.

Question is how did those spiders came there? How did they know the exact place?  Initially, when I saw next spider revolving around the dead one I thought that may be the coincidence but seven spiders one after another how can this be just a coincidence?  I am sure this is not just a coincidence.  There must be the sophisticated communication medium in between the spiders.  This question is hitting my mind time and again “how the others know there is the dead one??”  So, how do they communicate?  Do they produce ultrasonic sound that we cannot hear? I killed every spider that arrived in the spot but yet there arrived seven spiders. If there is not any communication medium how is this possible?  

Another question that struck my mind is “Do they have FEELINGS?”.   Were those spiders from same family / close relatives?  Did they come there searching for the dead one?  But how? Do dead spiders emit some kind of chemical that makes other aware about its death? The only thing I am thinking right now is how do they communicate?  Or do they have some kind of system like telepathy? I have heard somewhere about telepathy (brain –to- brain communication). Do spiders have communication system something like that?  So, what drives them near the other dead spider?   

Previously in a different incident, I have seen spiders killing a larger organism than their body size. This time they surprised me with this incident! Why are the spiders so mysterious? They are really the interesting topic for a research. And they are driving me crazy now.


 

Tuesday, April 11, 2017

कहिले सम्म ?

टायर बाली,ढुंगा हानी 
सिसा फुटाए मात्र
बिरोध हुन्छ यहाँ ! 
क्याम्पस जलाई 
 पुस्तकालय आगो लगाई मात्र 
बिद्यार्थी राजनीति सुरु हुन्छ यहाँ !
साथी साथी जोड्ने हैन
फुटाएर
 जितको कुरा हुन्छ यहाँ !
युवा अनुहार मात्र नया
संस्कार उही पुरानो
कहिले सम्म हुन्छ यहाँ ??

Friday, March 31, 2017

तिम्रो सम्झना

तस्बिर त्यो तिम्रो आजकल
जिबन  जिउने बहाना भो
संग संगै जिबन जिउने
मात्र अब चाहना भो
रहर अनि  चाहना ती
रक्सि किन्ने बहाना भो
बिताएका ती पलहरु
रातभर-रातभर
जागै बस्ने बहाना भो
दिल खोलेर हास्ने तिमीसंग अब
मात्र मिठो सपना भो
किनकी,
सुन्छु कसैको छाती
अब तिम्रो सिरानी भो
रानी ले घार छाडिन रे 
अर्कै फुलबारी अब
उनी रमने मैदान भो 

Sunday, March 19, 2017

छड्के नजर

रमाइलो लाग्छ अचेल
छड्के नजर तिम्ले हेर्दा
लजाएर झुक्छन आखा
सामु अचेल तिम्रो पर्दा

कुरी रहु जस्तो लाग्छ 
तिमी हिड्ने गोरेटो मा 
नसा बसे जस्तो छ है
मुसु मुसु  मुस्काएर 
फर्की हेर्ने कर्के नजरमा 

आधा घुमाई चन्द्रमा झैँ 
सजाउने परेलीका डिलहरु
त्येही नियाली बित्छन मेरा 
आकल झुकल भेट हुदाका 
ती पलहरु !

त्यो साथ

संगै हुदा साथ प्यारो
साथ हुदा यो रात प्यारो
जुनेली यो मध्य रातमा
मायालुको बात प्यारो
लुकी लुकी लाउदा माया
अलि अलि झुट प्यारो
ओठ टोकी झुकाई नजर
लजाउदाको हासो प्यारो
मध्य रातको एकान्त यो
प्रियसीको साथ प्यारो  !

Monday, January 2, 2017

exam हल् कि उनी-२

 पुक्क फुलेछन गालाहरु
अलि गोरी भैछिन उनी
निकै सानी देख्या थिए
अलि अग्ली भैछिन  उनी
खोबिल्टो नि बस्ने भएछ
देब्रे पट्टि त्यो गालामा
कालो थियो खैरो भएछ
घुम्या केस  सिदा  पारी

यसै राम्री थिईन उनी
पहिलो नजर मै घायल पार्ने
६ महिनाको अन्तरल यो
अझ राम्री भैछिन  मोरी
निकै परिबर्तन भैछिन उनी
निकै राम्री भैछिन उनी !!

:) :) :D 

नयाँ