Thursday, November 30, 2017

बिर्सिएको म

कौडिको भाउमा
बेचिएको म 
त्यसैले होला
बिर्सिएको छ मेरो देशले मलाई
म त दुहुनो गाई झै
दुध दिई रहेको छु
रगत को पसिना बगाएर
राष्ट्र धानी राखेको छु
तर पनि बिर्सिएको छ मेरो देशले मलाई
यदी फलाम का डण्डी उचाल्दा उचाल्दै
किचिएर मरे भने पनि
खोज्दैन मलाई
मलाई बन्द गर्ने एउटा बाकस पनि पाउदिन म
किनकी बिर्सिएको छ मेरो देशले मलाई
कौडीको भाउमा बिके
सायद मोल कम भो होला
त्यसैले गुलम झै व्यबहार गर्छ
मेरो देश ले मलाई
अरु कुरा त पर जाओस
अरु कुरा त पर जाओस
मेरै पैसाले चुनाब गरीरहेका छन्
अनी म टुलु टुलु हेरी रहेको छु
हो, म टुलु टुलु हेरी रहेको छु
भोट हल्ने रहर नभएर हैन,
म बाध्य छु
किनकी
किनकी बिर्सिएको छ मेरो देशले मलाई !!

No comments:

Post a Comment

नयाँ