चुचो चुचो बनाउछे ओठ अनि
त्येरस्यौछे मै तिर
एउटा आखा बन्द पारी !
खाना खायौ भन्ने मोरी
ज्युनार गर्नु भयो भन्छे अचेल
हुदा छदाको भाषा मोडी
अलि अलि लाडे बनाई !
मलाई लट्ठ बनाई
मिठो मिठो कुरा गर्छे
मस्का लगाई लगाई
नजरको तिर चलाई
निकै जाल झेल गर्छे अनि
फसाउन पो खोज्छे मलाई
माया प्रेमका कुरा गरि
लट्ठ बनाई बनाई !
माया प्रेमका कुरा गरि
लट्ठ बनाई बनाई !!
No comments:
Post a Comment