एकछिन गफ हान्ने साथी पाइयो, रोशन रे नाम ! एकछिन पछि अरु केटाहरु नि आए जम्मा गरेर त्यही ८/९ जना जति भैयोl एकछिन पछि गार्ड दाईलाई माथि बाट आदेश आयो सबै लाइ माथि पठाउनु l माथि जाँदा लाइबेरीमा एउटी दिदीले झोला दिदै हुनुहुन्थ्यो, नाम लेखे पछी झोला पाइयो अनि झोला लिएर पछाडी गए एउटा हल रहेछ, हल नि के भन्नु एउटा कोठा थियो त्यसमै रहेछ ओरियनटेसन !
भित्र छिरे यसो हेरेको सबै कुर्सि त महिला आरक्षणमा गइसकेछ! अन्तिमको दुइओटा लाइन खाली थियो,त्येही गएर बसियो अगाडी सरहरु भाषण गर्दै हुनुहुन्थ्यो एक घण्टा सुनियो भाषण !सुनियो नि के भन्नु र लाइन रहेन छ माइक्रोफोन रहेन छ खै के के भन्नु भयो केहि बुज्न सकिएन, चुपचाप बसियो! साइडको एउटा साथी मोबाइल झिकेर सेल्फी हान्न थाल्यो मैले नि दिए एक पोज एक घण्टाको भाषण पछि सकियो ओरियनटेसन !
ओरियनटेसन सकियो अनि रूम तिर लागे, नाकाबन्दीको बेला रूम पुग्नु पनि युद्ध जित्नु पर्ने अवस्था थियो
बानेश्वोरमा १ घण्टा कुरे पछि बल्ल एउटा बसमा चढ्न पाए त्यो नि सिधै छत् मा ! राम्रो संग चढ्न नि नपाई गाडी हुइकायो झन्डै लडेर सहिद भा'को ! छत् नि पुरै प्याक, झट्ट हेर्दा पुरुष आरक्षण जस्तै लाग्छ भन्दै थियो
छेउमा बसेको भाई नोबेल कलेजमा ११ मा पढ्छु भन्थ्यो कोटेश्वोर सम्म त मज्जा ले नै बस्न पाइएको थियो तर फेरी २०/२५ जना चढे ! बसमा खलासी पनि २ जना, एउटा तलको लागी एउटा माथिको लागी तल बाट खलासी करायो दाई मान्छे अर्को साइड पट्टि राख्नु न यता पत्ति छोयो गाडीले भन्दै त्येही पनि चढ्न छोडेनन् मान्छेहरु डरसरि बसियो छत् को डन्डी मज्जाले पकडेर !
जसो तसो काडाघारी त आइपुगे तर बस अर्कै तिर जाने परेछ माइक्रो स्ट्यान्ड लगेर झारिदियो रूम कता हो कता अलमल्ल परे दादा लाई फोन गरे पछि बल्ल बाटो पत्ता लगाएर रूम पुगे !

No comments:
Post a Comment