यादहरु ति संगाली अब जिउन सिक्नु छ
भुल्छु कि कतै गरेका ति गल्तिहरु
सम्झना एउटा कृति लेख्नु छ
धेरै थिए मनमा कुरा सुनाउनु पर्ने तिमीलाइ
नबोल अब भनि आदेश फ़र्मयौ
मनका ति आवेगहरु अब शब्द बनाई पोख्नु छ
कति छिट्टै चट्ट भुलेछौ पुराना ति पलहरु
भुल्छु कि कतै गरेका ति गल्तिहरु
सम्झना एउटा कृति लेख्नु छ
धेरै थिए मनमा कुरा सुनाउनु पर्ने तिमीलाइ
नबोल अब भनि आदेश फ़र्मयौ
मनका ति आवेगहरु अब शब्द बनाई पोख्नु छ
कति छिट्टै चट्ट भुलेछौ पुराना ति पलहरु
भुल्छौ कि कतै आफ्नै नाम पनि
सम्झनामा सिमित तिम्रो नाम अब
आवरणमा छाप्नु छ !
सम्झनामा सिमित तिम्रो नाम अब
आवरणमा छाप्नु छ !
त्यो नाम अनि तिम्रो तस्बिर
आवरणमा छाप्नु छ !!