Friday, November 20, 2015

उनी

       
बादल  जस्ती मेरी माया ,
लजाउदै   लुकछिन  उनी
घाम-छाया  झैँ मेरी  माया
लुकामारी  खेलछिन उनी

सपनीमा  सधै  आउने
बिपनीमा  लुकछिन  उनी
olympic को  खेलाडी  झैँ
साचै  expert रै'छिन   उनी

लुकामारी  खेल्दा  खेल्दै
कता  हराइ जानछिन  उनी
दुइ  चार  दिन  को  गुप्तबास  बसी
फेरी  फर्की  आउछिन   उनी

फुल  जस्ती  मेरी  माया
लुकामारी  खेलछिन    उनी
बादल  जस्ती..............
लजाउदै   लुकछिन  उनी

Monday, November 9, 2015

भोगाई- १

बितेका  ति पलहरु,
सपना  झैँ लाग्छ आज 
टुक्रिएका  रहरहरु ,
निकै मिठा भा छ आज 
सपना नै भएर होला ,
टुक्रिने र फुट्ने भा को 
बाध्यताको नाम गरि 
अन्धकारमा बिलिन भा को l
    सायद ,
जग नै कम्जोर भएछ क्यार ,
जरै देखि धोव्स्त भयो 
माटो को  त्यो संरचना ,
धुलो बनि कता उड्यो    ll 
      अब,
नव निर्माण आवश्यक छ 
माटो पोली इटा बनाई,
रेट्रो फिटिंग गर्छु अव 
सिमेन्टको लेपमा बालु गिटी फलाम मिसाई 
बालु गिटी फलाम मिसाई lll

नयाँ