Tuesday, May 29, 2018

बाग्मतिको कथा

भोलि कलेज कति बजे तिम्रो? मैले सोधे, बिहानै छ नि, ७ बजे बाट नि उन्ले भनिन्। मैले फेरि सोधे "कति बजे निस्किन्छौ घर बाट?" निकै बाठी उन्ले कुरो फ्यट्टै बुजिछिन क्यारे "हिहि किन ?" भनेर उत्तर लेखिन ।एकै छिन चुप बसिन, मैले पनि सीन मात्र गरे केही लेखिन। एकै छिन पछि उन्ले फेरि थपिन "घरबाट ६.१० मा निस्किन्छु गाडी चड्ने बेलामा ६.२० भा हुन्छ।" मैले मेरो उत्तर पाई सकेको थिए!

बिगत २ बर्ष देखि हप्तामा ३/४ पटक देख्ने गर्थे उन्लाइ तर यस पटक लगभग ३ महिना नै भा थियो उन्लाइ नदेख्या! हुन त सधैं जसो च्याट्मा कुरा हुन्थ्यो हाम्रो तर कहिले पनि भेट्ने साहित भने जुरेन! न त सिदै भेटुम भन्ने हिम्मत गरे मैले! न त तिमिलाइ मिस गर्न थाल्या छु भनेर भन्न नै सके! भन्न पनि कसरी भन्नू एक पटक पनि भेट भा छैन च्याटको भरमा भन्न पनि नमिल्ने। कुनै उपयुक्त समयको पर्खाइमा थिए म।

बल्ल बल्ल आज उन्लाइ भेट्ने (देख्ने) साइत जुर्या थियो आज। हुन त मेरो कलेज ८ बजे बाट मात्र थियो तर ६ बजे नै निस्के म रूम बाट ! निन्द्राले पनि कुरो बुझेछ क्यार, छिटै खुल्यो आज त। घडी हेर्दै छिटो छिटो हिड्दै पुगे बस पार्क सम्म। जदाजादै एउटा बस त हिडि हाल्यो! उसले ६.२० मा बस चड्छु भन्या सम्झे! यसो घडी तिर हेर्या ६.१५ पो भै सकेछ। "थुक्क मुला ५ मिनेट छिटो गर्न सक्दैन थिस? आज नि भेट न हुने भो अब तेरो" मन मनै आफैँलाई गाली गरे। तर मनमा झिनो आश चै अझै थियो भेटिन्छ कि भनेर। (मनको शान्ति) त्यो पनि म जस्तै त हो ४/५ मिनेट त स्योर ढिलो गर्छे भेटिन्छ भनेर मनमा कुरा खेलाउदै मन बुजाए! यसै ढिला भै सक्या थियो, फेरि भन्या बेला बस कहा कुद्नु! ड्राइभर चिया खान गा रै'छ अझै ढिलो गर्यो! आफ्नो भने मुटु फुट्नु आटि सक्यो ढुक ढुक गरेर। जनाजान उब्जाएको झिनो आश पनि मर्न थालीसकेको थियो। बल्ल बस गुड्यो! घडी हेर्या ६.२० भै सकेछ।

बाल्कोट चोकमा फेरि रोक्यो बस ५ मिनेट! आफ्नो भएको अलि अलि आश पनि मर्यो! मन मनै सरापे आफुले आफैंलाई। बस गुड्यो, जति जति बस उनी सधैं चड्ने स्ट्प नजिक हुँदै जान्छ उति उति मुटुको धड्कन पनि बढ्दै गयो। मन मनै भेटिनु नि आज यहि बस चढनु नि भनेर सोचिरहेको थिए। न भन्दै बस उनी चड्ने स्ट्पमा रोकियो। कस्सम ढाटेको हैन, खलासीले यात्रु हेर्नू भन्दा पहिले हेर्या थे मैले को को छन त्या भनेर। दुई जना चढे अनि अन्तिममा उनी चढिन।

जाडो महिना बाहिर बाक्लो हुस्से लागेको थियो, अलि अलि अध्यारै थियो! बस भित्र सेतो एलइडि बल्ब हरु बलि रहेका थिए। बाग्मती यातायात न पर्यो साझ र बिहान त खुट्टा राख्ने  ठाउँ  सम्म हुन्न! अन्तिम सिटको कुनाबाट उन्लाइ नियाले, कलेज ड्रेसमा पनि निकै राम्री देखिरहेकी थिइन उनी। कालो सुइटर कालै कोट अनि कालै मख्लर मिलाएर बेरेकी थिइन। यस्सै गोरि त्यस माथी एल इ डि लाइटको चमक,  त्यस माथि अझ हल्का रातो लिपस्टिक! अनि झोला पनि रातै! कत्ती सुहाउँदो पहिरन थियो ड्रेस मै पनि। उन्को गालामा टल्कि रहेको त्यो सानो कालो कोठीमा नजर ठोकिँयो ! सजाएर राखेको आकर्षक हिरा झैँ  चम्किरहेको थियो उनको मुहार। ड्रेस अप को राम्रो ज्ञान् छ, सधैं चिटिक्क परेर हिड्छिन। म एकोहोरो नियाली रहे उनलाई। पुसको चिसो, बसको समाउने फलामको डन्डी झनै चिसो थियो। उनलाई चिसो भएछ क्यार एकछिन समाउदै एक छिन छोड्दै गर्दै थिइन उनी। उनलाई  एकटक हेर्दै मनमनै कुन बेला पछाडी  हेर्छिन र मुसुक्क हास्छिन भनेर सोचिरहेको थिए। बेलाबेला पछाडी पनि हेर्थिन तर कुनामा थे म उनले देख्या थिइनन मलाई । मैले  पनि बोलाइन किन किन यसैगरी नबोलि लुकिलुकी हेर्न रमाइलो लागिरहेको थियो मलाइ।

बसमा मन्छेहरु झर्दै गए, अलि अलि गर्दै उनी ठ्याक्कै मेरै सिट अगाडी आइपुगिन! झ्यालबाट बाहिर हेरिरहेकि थिइन उनी। म अझै बोलिन! चुप बसे उनलाई हेर्दै कुन बेला नजर जुद्छ अनि उन्को खुलेको हासो देखिन्छ भन्दै। न भन्दै म तिर हेरिन अनि सिदै प्रश्न गरिन "अघि देखि किन नबोलेको?"
म सङ केही उत्तर नै थिएन, "बस प्याक थियो, तिमी अगाडी थियौ" बहाना बनाए। फेरि उन्को प्रती प्रश्न आयो " यही अगाडी हुँदा चै किन नबोल्या त?" म के भनौं के भनौं भो! एकछिन चुप लागे अनि "धेरै पछि देख्या एक्छिन चिन्नै गर्हो पर्यो " भने। उस्ले के बिश्वास गर्थिन, "ए त्यसो पो" मज्जाले हासिन। म पनि हासे।उनले फेरि सोधिन " आज किन छिटो?"  "आज क्लास ७ बाट नै छ के सो छिटो भा " मैले फेरि झुट बोले ! " त्येसो भए हिजो चै किन न भन्या त?" मेरो झुट फेरि पक्राउ पर्यो। "हैन, आज छिटै जान मन लाग्यो के त्येसैले छिटो गर्या" भने उनले मुस्कुराउदै "ए ए " भनिन्

खलासी सिभिल क्याम्पस गेट भन्दै कराउँन थाल्यो! कति छिटै पुगेछ आज चै मेरो उत्रिनुपर्ने स्टप ।

Wednesday, May 2, 2018

मन छ


साझ पख एकान्तमा
लुकामारी खेल्न मन छ
तिमी सँगै अस्ताउँदो
त्यो सुर्य हेर्ने मन छ!
जब पछाडिबाट आँखा छोप्छु
तिमीले मेरो हजुर भन्नु
तिमी हाँस्दा को त्यो
लजालु मुस्कन हेर्ने मन छ
ठट्टा गर्दै नजिक हुँदा
तिम्ले लजाएर मुख छोप्नु
तिमि लजाएको लजालु
पल हेर्ने मन छ !
साझ पख एकान्त मा
लुकमारी खेल्ने मन छ!!

नयाँ