Monday, March 5, 2018

जवानी

गाग्रीको पानी अनि
यो जवानी दुबै उस्तै हुन
धेरै छछल्किए पछि पोखिन्छ
होस गर नानी !
सुन्छु खुब माया माया
भन्छौ रे आज्काल
"छिटो गए भन्न सक्किन्न" ट्राफिक लाइन
याद गर नानी !!
 फस्ने बेला कुन लफ्फङा सङ फस्छौ
अनि पछि "सबै केटा उस्तै हुन" भन्दै
हामी निर्दोष माथी हमला चाहिँ
गर्दै नगर  नानी !!!
मनको दाग बरु मनमै हुन्छ
कसैले देख्दैन
चोलीको दाग सबैले देख्छन
जति पखाले नि जादैन
याद गर नानी !!!!

नयाँ