Friday, March 31, 2017

तिम्रो सम्झना

तस्बिर त्यो तिम्रो आजकल
जिबन  जिउने बहाना भो
संग संगै जिबन जिउने
मात्र अब चाहना भो
रहर अनि  चाहना ती
रक्सि किन्ने बहाना भो
बिताएका ती पलहरु
रातभर-रातभर
जागै बस्ने बहाना भो
दिल खोलेर हास्ने तिमीसंग अब
मात्र मिठो सपना भो
किनकी,
सुन्छु कसैको छाती
अब तिम्रो सिरानी भो
रानी ले घार छाडिन रे 
अर्कै फुलबारी अब
उनी रमने मैदान भो 

Sunday, March 19, 2017

छड्के नजर

रमाइलो लाग्छ अचेल
छड्के नजर तिम्ले हेर्दा
लजाएर झुक्छन आखा
सामु अचेल तिम्रो पर्दा

कुरी रहु जस्तो लाग्छ 
तिमी हिड्ने गोरेटो मा 
नसा बसे जस्तो छ है
मुसु मुसु  मुस्काएर 
फर्की हेर्ने कर्के नजरमा 

आधा घुमाई चन्द्रमा झैँ 
सजाउने परेलीका डिलहरु
त्येही नियाली बित्छन मेरा 
आकल झुकल भेट हुदाका 
ती पलहरु !

त्यो साथ

संगै हुदा साथ प्यारो
साथ हुदा यो रात प्यारो
जुनेली यो मध्य रातमा
मायालुको बात प्यारो
लुकी लुकी लाउदा माया
अलि अलि झुट प्यारो
ओठ टोकी झुकाई नजर
लजाउदाको हासो प्यारो
मध्य रातको एकान्त यो
प्रियसीको साथ प्यारो  !

नयाँ