अत्ति सुन्दर रुप तिम्रो
लजाई लुक्यो फुल पनि
सुर्यले त बाटै बिराए
दिउसै निस्कियो जुन पनि
मोहनी त्यो रुपमा रै'छ
टोलाई रहे ताराहरु
सुन्छु चर्चा परिचर्चा तिम्रै छ रे
स्वोर्ग लोकमा पनि
रुवाबासी चल्दै छ रे
अप्सराहरु माझ पनि
गुलाब पनि डराई'रा छ
गुनगान तिम्रो सुने पछि
रंगिन डाफे लुक्छु भन्छे
तिमी सामु पर्यौ भने!
रंगिन डाफे लुक्छु भन्छे
तिमी सामु पर्यौ भने !!