Friday, July 15, 2016

कथा बसमा फोटोकपी देखाउदै माग्ने भाईको


निर्दोस ती नयनहरुको
एकोहोरो हेराई
अबोध त्यो बालकको
ती नजरहरु
प्रस्ट केहि आश गरिरहेछन
अनि केहि पाउने आशमा
फिजी रहेछन ती कोमल हातहरु
बेइमानी रहेछन ती नजरहरु
बल्यापनमा रमौनी बेला
जिंदगी देखाउदै छन् उसलाई
अनि अभागी ती हातहरु
कपी कलम च्यापने   बेला
पैसा च्यापन सिकाउदै छन् उसलाई
न त आफ्नो रहर ले आयो
न त उसले घर पायो
न त उसले थर पायो
तर धन्य छ यो दुनिया
खाते भनि नाम पायो 

Sunday, July 3, 2016

exam हलकी उनी

खाली खाली जस्तो भा'छ
उनलाई देखे पछी
मुटु लुटियो जस्तो ला'छ
उनलाई भेटे पछी

प्रश्न हेर्छु उनकै चित्र देख्छु
उनलाई भेटे पछी
दिमाग लुटियो जस्तो ला'छ
उनलाई देखे  पछी

एउटा सोच्छु अर्को लेख्छु
उनलाई देखे पछी
वसमा छैन मन यो आज
उनलाई भेटे पछी

तन नि लुटियो मन नि लुटियो
उनलाई देखे पछी
थाहा छैन खै के भयो
उनलाई भेटे पछी

प्रश्न के थ्यो थाहा पाइन
उनलाई देखे पछी
उत्तर पुस्तिका आफै भरियो
उनलाई भेटे पछी !
उत्तर पुस्तिका आफै भरियो
उनलाई भेटे पछी !!

नयाँ