Tuesday, December 20, 2022

 

दिलमा नाम कोरिसकें, सुटुक्कै दिल चोरीसकें, अझै कती सोधपुछ गर्छौ, अब छोड क्या सताउन, तिमिलाइ थाहै नदिइ, तिम्रो मन सङ मन जोडीसकें

😉😝😜

Monday, November 12, 2018

म रक्सीको अ्म्मलि


म रक्सीको अ्म्मलि
रात परेपछि हल्का चडाउनै पर्यो!
एकलै चडाउन मज्जै छैन,
दुई चार साथी खोज्नै पर्यो!
पैसा तिरेर खुवाएको छु
एक डेड घन्टा त गफ लडाउनै पर्यो
४ बजे नै अफिस छुट्छ,
दिउसै घर के जानु,
कम्तीमा ९/१० त बजाउनै पर्यो!
इज्जत कै सबाल छ
अरु भन्दा दुइ पेग बढी चडाउनै पर्यो!
टिल्ल भएर, सकि नसकी घर पुग्छु
बुढी पुक्क फुल्छे,
आज सरि भोली देखी कस्सम छोड्छु
के गर्ने, बाध्यता छ बुढी हो फकाउनै पर्यो!
यसो सम्झिछु,
झोक चल्छ हया छोड्दिन्छु रक्सी
तर छोड्ने बाताबरण नै छैन मलाई
कहिले गर्मी बढ्छ,
एउटा चिल्ड बीयर त चडाउनै पर्यो!
लौ त, गर्मीमा सकिएन जाडोमा छोड्छु,
तर साला यस्तो चिसो हुन्छ,
हल्का ज्यान त तताउनै पर्यो!
जाडो गर्मी सकिएन छोड्न,
असोज तिर छोड्न पर्ला
तर दसैं तिहार चाड्पर्ब
दुई चार बोत्तल त लडाउनै पर्यो!
यि सब बहाना सकिदा नि
तनाव त हरदम साथमै हुन्छ
तनाव भुल्ने बहानामा भए पनि
दुइचार ट्वाक त चडाउनै पर्यो!
भन्नेले त मलाई जडिया भन्लान
तर म त रक्सिको अ्म्मली
साझ परे पछि हल्का रमरम त गराउनै पर्यो!
अलिकती भए नि रक्सी त चडाउनै पर्यो!

Thursday, September 27, 2018

सहनशिल नेपाली

आज काम बिशेषले बानेश्वर थिएँ। साँझ ७ बजेको थियो।

दृश्य १
ढोकामा झुन्डिन मानिसहरुको भागडौड!
रत्नपार्क तिरबाट ५/६ मिनेटको अन्तरमा एउटा गाडी आउँथ्यो,  बस ढोकासम्मै कोचाकोच भरिएको हुन्थ्यो। तैपनि बलहुनेहरु कुदिरहेका हुन्थे को महिला को पुरुष ! सबैको एउटै लक्ष्य "त्यही कोचाकोच भरिएको बसमा खुट्टा सम्म राख्न पाईन्छ कि?" ज्यानको माया मारेर घर पुग्नु पर्ने बाध्यता! कुद्न पनि किन नकुद्नु, बानेश्वरमा बस कुर्नेहरुको मेला नै लागी सकेको थियो। सबैको मनमा एउटै पिर, दिमागमा एउटामात्र सोच "घर कसरी पुग्ने?"

दृश्य २
बिचल्ली परेकी युवती
म उभिए नजिकै एक युबती र एकजना युवा थिए कलेज ड्रेसमा, युवती फोनमा कराइ रहेकी थिइन्, " मम्मी, उसको घरमा बाबा मामु दिदि सबै बस्नु हुन्छ के,  एक्लै बस्ने हैन! घर नै हो रूम हैन! बस नै छैन कसरी आउँ घर! पिलिज, बुझिसिओ न! "  सायद घरबाट हुन्छ भन्ने कुरा आयो! उनि त्येही युवक सँग गइन!

दृश्य ३
अत्तालिएका टिनेजर
मेरो नजिकै ८ जना टिनेजरहरु थिए। ४ केटा,४ केटि । उनिहरुको ड्रेसअप झट्ट हेर्दा कतै घुम्न घएर फर्किएका जस्तो देखिन्थ्यो। तर ७ बजे भै सक्दा पनि गाडी नपाउनुको चिन्ता उनीहरुको मुहारमा प्रस्ट देखिन्थ्यो। बारम्बार मोबाईलमा समय हेरेको हेरै गर्दै थिए। केटाहरु जसरी हुन्छ केटिहरुलाइ गाडीमा चडाउन भर सम्भब कोशिसमा थिए। एक अर्थमा उनिहरुको दिनभरको रमाइलो अहिले तनावमा परिवर्तन भएको थियो।

दृश्य ४
गाडी चड्न अनेकौं तिकड्म अपनाउनु पर्ने बध्यता!

म भन्दा अलिक पर रहेका दुइवटी युवतीहरु गाडी चड्न दिमाग् खियाउदै थिए। उनिहरु बिच बहस नै चल्यो! एउटी भन्ने "कोटेश्वर सम्म जाँउ हिन्दै त्यहाँ बाट पाइन्छ होला गाडी!" अर्कि चाँही भन्ने "हैन, माइती घर तर्फ जाँउ त्यहाँ अलिक खाली होला गाडी खुट्टा ढोकामा त राख्न पाइएला नि!" एकछिन विवाद गरेपछि उनिहरु माइतीघर तर्फ जाने निधो गरे अनि त्यस् तर्फ लागे।

दृश्य ५
महिला हुनाकै कारण डर
बल्लतल्ल गाडी पाएपछि ८:१५ तिर बस बाट झरे। म भन्दा अगाडी अन्दाजी २२/२३ बर्षकी एक युवती बसबाट झरेकी थिइन्। संयोगले एकै तिर जानु पर्ने रहेछ। केहि पाइला अगाडी गोदावरी खोलाको पुल थियो, रात परिसकेकाले  पुल अध्यारो थियो। पुलको मुखैमा दुई जना पुलिस दाइहरु थिए, अनि उनको पछाडी पछाडी म! उन्ले के सोचिन, एक्कसी दौडेर पुल पार गरिन! डर अध्यारोको थियो या पुरुषको मैले बुझ्न् सकिन। तर मनमा नरमाइलो लाग्यो। कति असुरक्षित महशुस गर्ने रहेछन् हाम्रा नारीहरु!

माथी उल्लेखित मैले देखेका घट्नाहरु त उदाहरण मात्र हुन सरकार र सरोकारवाला निकायको सामान्य कमजोरीले जनताको दैनिकीमा कसरी र कस्तो प्रभव पार्छ। आजको कारण तेलको पर्याप्त आपूर्ति नभएर थियो या राम्रोसँग ब्यबस्थापन गर्न नसकेर थियो! बहाना जे सुकै होस, परिणाम सधैं झै एउटौ थियो, जनताले दुख पाए। हुन त कम्जोरी हामी जनताकै हो! हामी धेरै सहनशील भयौं। जे जस्तो भए पनि सहने। दुख परे पनि चुप बस्ने। बसमा भेडा बाख्रा झैं कोचिदा पनि चुप चाप "यस्तै हो के गर्ने जानै पर्यो" भन्दै बस्ने। न जनता बल्छन न सरोकार वाला निकायले आफैँ कुरा बुझ्छ! कर तिर्नु जनताको दाइत्व हो भने कर तिरेपछी उचित सेवा सुबिधा पाउनु हामी जनताको अधिकारको! जनताका अधिकारको उचित सुरक्षा गर्नु सरकारको कर्तव्य हो। यदि सामन्य दैनिकी सामान्य तरिकाले बिताउने बाताबरण तयार गर्न सक्दैन, ढुक्क भएर हिड्न सक्ने बातावरण पाउदैनन्, भने जन्ता बोल्नु पर्छ! अब अझौ कत्ती सहने? सहनशिलता धेरै भएन र अब त? सोचौं !

नरेश बाँस्कोटा 

Saturday, June 2, 2018

कथा भमराको


धेरै पछि बगौचामा
पुरानै त्यो गुलाब फुल्यो
न्यास्रीएको भमरामा
एकै छिन त्यो उत्साह छर्यो

फेरिएछ चमक फुल्को
 थपिएछन रङ्गहरु
परैबाट नियालेर
गहिरो सोचमा भमरा भुल्यो

फकृएको गुलाब त्यो
सुन्दर्ताको खानि थियो
बगैंचा कै रानी थियो
टिलपिल टिलपिल घडा झै
छ्छ्ल्किदो रस थियो
निकै वरै बास्ना आउने
फुलले, मगमग सुवास छर्यो
तर
ओइलाइ झर्या इतिहास सम्झी
भमराले बाटो मोड्यो
मनमनै गुलाब भुल्ने बाचा गर्यो
तर अफ्सोस,
 भुल्ने बहानामै किन नहोस्,
गुलाब गुलाब जपि रहयो !
गुलाब गुलाब जपि रहयो!!
.............

Tuesday, May 29, 2018

बाग्मतिको कथा

भोलि कलेज कति बजे तिम्रो? मैले सोधे, बिहानै छ नि, ७ बजे बाट नि उन्ले भनिन्। मैले फेरि सोधे "कति बजे निस्किन्छौ घर बाट?" निकै बाठी उन्ले कुरो फ्यट्टै बुजिछिन क्यारे "हिहि किन ?" भनेर उत्तर लेखिन ।एकै छिन चुप बसिन, मैले पनि सीन मात्र गरे केही लेखिन। एकै छिन पछि उन्ले फेरि थपिन "घरबाट ६.१० मा निस्किन्छु गाडी चड्ने बेलामा ६.२० भा हुन्छ।" मैले मेरो उत्तर पाई सकेको थिए!

बिगत २ बर्ष देखि हप्तामा ३/४ पटक देख्ने गर्थे उन्लाइ तर यस पटक लगभग ३ महिना नै भा थियो उन्लाइ नदेख्या! हुन त सधैं जसो च्याट्मा कुरा हुन्थ्यो हाम्रो तर कहिले पनि भेट्ने साहित भने जुरेन! न त सिदै भेटुम भन्ने हिम्मत गरे मैले! न त तिमिलाइ मिस गर्न थाल्या छु भनेर भन्न नै सके! भन्न पनि कसरी भन्नू एक पटक पनि भेट भा छैन च्याटको भरमा भन्न पनि नमिल्ने। कुनै उपयुक्त समयको पर्खाइमा थिए म।

बल्ल बल्ल आज उन्लाइ भेट्ने (देख्ने) साइत जुर्या थियो आज। हुन त मेरो कलेज ८ बजे बाट मात्र थियो तर ६ बजे नै निस्के म रूम बाट ! निन्द्राले पनि कुरो बुझेछ क्यार, छिटै खुल्यो आज त। घडी हेर्दै छिटो छिटो हिड्दै पुगे बस पार्क सम्म। जदाजादै एउटा बस त हिडि हाल्यो! उसले ६.२० मा बस चड्छु भन्या सम्झे! यसो घडी तिर हेर्या ६.१५ पो भै सकेछ। "थुक्क मुला ५ मिनेट छिटो गर्न सक्दैन थिस? आज नि भेट न हुने भो अब तेरो" मन मनै आफैँलाई गाली गरे। तर मनमा झिनो आश चै अझै थियो भेटिन्छ कि भनेर। (मनको शान्ति) त्यो पनि म जस्तै त हो ४/५ मिनेट त स्योर ढिलो गर्छे भेटिन्छ भनेर मनमा कुरा खेलाउदै मन बुजाए! यसै ढिला भै सक्या थियो, फेरि भन्या बेला बस कहा कुद्नु! ड्राइभर चिया खान गा रै'छ अझै ढिलो गर्यो! आफ्नो भने मुटु फुट्नु आटि सक्यो ढुक ढुक गरेर। जनाजान उब्जाएको झिनो आश पनि मर्न थालीसकेको थियो। बल्ल बस गुड्यो! घडी हेर्या ६.२० भै सकेछ।

बाल्कोट चोकमा फेरि रोक्यो बस ५ मिनेट! आफ्नो भएको अलि अलि आश पनि मर्यो! मन मनै सरापे आफुले आफैंलाई। बस गुड्यो, जति जति बस उनी सधैं चड्ने स्ट्प नजिक हुँदै जान्छ उति उति मुटुको धड्कन पनि बढ्दै गयो। मन मनै भेटिनु नि आज यहि बस चढनु नि भनेर सोचिरहेको थिए। न भन्दै बस उनी चड्ने स्ट्पमा रोकियो। कस्सम ढाटेको हैन, खलासीले यात्रु हेर्नू भन्दा पहिले हेर्या थे मैले को को छन त्या भनेर। दुई जना चढे अनि अन्तिममा उनी चढिन।

जाडो महिना बाहिर बाक्लो हुस्से लागेको थियो, अलि अलि अध्यारै थियो! बस भित्र सेतो एलइडि बल्ब हरु बलि रहेका थिए। बाग्मती यातायात न पर्यो साझ र बिहान त खुट्टा राख्ने  ठाउँ  सम्म हुन्न! अन्तिम सिटको कुनाबाट उन्लाइ नियाले, कलेज ड्रेसमा पनि निकै राम्री देखिरहेकी थिइन उनी। कालो सुइटर कालै कोट अनि कालै मख्लर मिलाएर बेरेकी थिइन। यस्सै गोरि त्यस माथी एल इ डि लाइटको चमक,  त्यस माथि अझ हल्का रातो लिपस्टिक! अनि झोला पनि रातै! कत्ती सुहाउँदो पहिरन थियो ड्रेस मै पनि। उन्को गालामा टल्कि रहेको त्यो सानो कालो कोठीमा नजर ठोकिँयो ! सजाएर राखेको आकर्षक हिरा झैँ  चम्किरहेको थियो उनको मुहार। ड्रेस अप को राम्रो ज्ञान् छ, सधैं चिटिक्क परेर हिड्छिन। म एकोहोरो नियाली रहे उनलाई। पुसको चिसो, बसको समाउने फलामको डन्डी झनै चिसो थियो। उनलाई चिसो भएछ क्यार एकछिन समाउदै एक छिन छोड्दै गर्दै थिइन उनी। उनलाई  एकटक हेर्दै मनमनै कुन बेला पछाडी  हेर्छिन र मुसुक्क हास्छिन भनेर सोचिरहेको थिए। बेलाबेला पछाडी पनि हेर्थिन तर कुनामा थे म उनले देख्या थिइनन मलाई । मैले  पनि बोलाइन किन किन यसैगरी नबोलि लुकिलुकी हेर्न रमाइलो लागिरहेको थियो मलाइ।

बसमा मन्छेहरु झर्दै गए, अलि अलि गर्दै उनी ठ्याक्कै मेरै सिट अगाडी आइपुगिन! झ्यालबाट बाहिर हेरिरहेकि थिइन उनी। म अझै बोलिन! चुप बसे उनलाई हेर्दै कुन बेला नजर जुद्छ अनि उन्को खुलेको हासो देखिन्छ भन्दै। न भन्दै म तिर हेरिन अनि सिदै प्रश्न गरिन "अघि देखि किन नबोलेको?"
म सङ केही उत्तर नै थिएन, "बस प्याक थियो, तिमी अगाडी थियौ" बहाना बनाए। फेरि उन्को प्रती प्रश्न आयो " यही अगाडी हुँदा चै किन नबोल्या त?" म के भनौं के भनौं भो! एकछिन चुप लागे अनि "धेरै पछि देख्या एक्छिन चिन्नै गर्हो पर्यो " भने। उस्ले के बिश्वास गर्थिन, "ए त्यसो पो" मज्जाले हासिन। म पनि हासे।उनले फेरि सोधिन " आज किन छिटो?"  "आज क्लास ७ बाट नै छ के सो छिटो भा " मैले फेरि झुट बोले ! " त्येसो भए हिजो चै किन न भन्या त?" मेरो झुट फेरि पक्राउ पर्यो। "हैन, आज छिटै जान मन लाग्यो के त्येसैले छिटो गर्या" भने उनले मुस्कुराउदै "ए ए " भनिन्

खलासी सिभिल क्याम्पस गेट भन्दै कराउँन थाल्यो! कति छिटै पुगेछ आज चै मेरो उत्रिनुपर्ने स्टप ।

Wednesday, May 2, 2018

मन छ


साझ पख एकान्तमा
लुकामारी खेल्न मन छ
तिमी सँगै अस्ताउँदो
त्यो सुर्य हेर्ने मन छ!
जब पछाडिबाट आँखा छोप्छु
तिमीले मेरो हजुर भन्नु
तिमी हाँस्दा को त्यो
लजालु मुस्कन हेर्ने मन छ
ठट्टा गर्दै नजिक हुँदा
तिम्ले लजाएर मुख छोप्नु
तिमि लजाएको लजालु
पल हेर्ने मन छ !
साझ पख एकान्त मा
लुकमारी खेल्ने मन छ!!

Friday, April 6, 2018

आवेग

 
छैन सितलता
यो हावामा आज
रुखो लागिरहेको छ
यो झरी पनि
मन मरेको छ
छैन मन रुझ्ने पनि
खाली खाली छु झै लाग्छ
एक्लै छु यो भिडमा पनि
कोलाहलमय छ वरिपरि
सुन्दिन केही अवाज पनि
मन चिच्याइ रहेको छ
पिडाहरु शब्द बनाई
पोख्दै छ आवेगहरु
"को होस् ? किन आइस??
औचित्य के , लक्ष्य के ??"
यो जिवनको भनी!
लक्ष्य के जिवनको भनी !!
31st march,  2018

नयाँ